कर्णाली- भारतबाट आएका  १०२ जनालाई कर्णाली प्रदेश सरकारले क्वारेन्टाइनमा राखेको छ।

बुधबारप्रदेश नं ५ का विभिन्‍न नाकाहरूमा अलपत्र परेका १०२ जना नागरिकलाई सरकारले उद्धार गरी क्वारेन्टाइनमा राखियको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।

उनले राजधानी वीरेन्द्रनगरमा निर्माण गर्न लागिएको ४ सय बेड क्षमताको क्वारेन्टाइन निर्माणमा केहि ढिलाइ भएकोले स्थानीय अशोका होटेल र सहकर्मी समाज नेपालको भवनमा राखियको बताए।

उनका अनुसार होटेल अशोकामा ५७ जना र सहकर्मी समाज नेपालको भवनमा ४५ जनालाई राखियको हो।कर्णाली प्रदेश सरकारको शुक्रबार बसेको उच्चस्तरीय विपत् व्यवस्थापन परिषद् र कर्णाली प्रदेश विपत् व्यवस्थापन कार्यान्वयन समितिको संयुक्त बैठकले भारतमा रहेका नागरिकलाई दश दिनभित्र आउन अनुरोध गर्ने निर्णय गरेको थियो।

भारतबाट आएकाहरूलाई राख्ने भन्दै सोहि बैठकबाट एकहजार बेड क्षमताको क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि हालसम्म चारसय बेड क्षमताको क्वारेन्टाइन समेत कर्णाली प्रदेश सरकारले निर्माण गरिसकेको छैन।

मन्त्री रावलले क्वारेन्टाइनमा बेड लगायतका सुविधामा केहि ढिलाइ भएकोले होटेलमा भारतबाट आएका नागरिकलाई राखिएको बताए।

चैत १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्