पीपीई खरिदका लागि सरकारले थाल्यो प्रक्रिया

काठमाडौँ- टेकुलगायत विभिन्न अस्पतालमा चिकित्सक र स्वास्थ्य सेवा प्रवाहमा संलग्न व्यक्तिहरु अपर्याप्त सुविधा र उपकरणकै अवस्थामा कार्यरत रहेको बेला सरकारले विदेशबाट  पर्सनल पोटेक्टिभ इक्विपमेन्ट-पीपीई खरिद प्रकृया अघि बढाएको छ।

छिमेकी चीनले पीपीईलगायतका सुरक्षित पोशाक र अन्य उपकरण आपुर्ति गर्ने तयारी भईरहेको बेला सरकारले कोरोनाबाट संक्रमित भई प्रभावशाली उपचार दिन सफल दक्षिण कोरिया सरकारसँग पीपीई खरिद प्रकृया सुरु गरेको छ।

सरकारी स्रोतका अनुसार सरकारले कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी-कोइकासँग पीपीई खरिदका लागि प्रारम्भिक जानकारी माग गरेको छ।

चैत्र १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्