काठमाडौँ उपत्यकामा लकडाउन उल्लंघन गर्ने ८९१ साधन

काठमाडौँ- सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि मंगलबारदेखि लागु गरेको लकडाउन उल्लंघन गरेको आरोपमा काठमाडौँ उपत्यकामा ८ सय ९१ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ७ सय ७० दुई पांग्रे र एक सय २१ चार पांग्रे रहेका छन्।

चैत्र १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू