‘लक डाउन’ पाटनका नौ तस्बिरहरु

लक डाउनमा सुनसान पाटन। सबै तस्बिर: सुलभ श्रेष्ठ/देश सञ्चार।

काठमाडौँ– कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढ्दै गएपछि सरकारले मंगलबारबाट देशभर ‘लक डाउन’ गर्ने निर्णय गर्‍यो।

सरकारको उक्त निर्णयपछि मानिसहरु घरबाट निस्किएका छैनन्। सडक सुनसान छ। बजार बन्द छ।

‘लक डाउन’बाट पर्यटकीय क्षेत्र पनि सुनसान बनेका छन्। सधैँजसो चहलपहल हुने ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्र पनि ‘लक डाउन’ले खाली देखिन्छ।

पाटन नेपालकाे पर्यटकीय क्षेत्र हाे। प्राचिन, ऐतिहासिक तथा साँस्कृतिक सम्पदाकाे अवलाेकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु पाटन पुग्छन्।

तर यतिबेला पाटन दरबार स्क्वायर सुनसान छ। स्थानीयहरु पनि घरबाहिर निस्किएका छैनन्। फाट्टफुट्ट केही व्यक्तिहरु त देखिन्छन् तर एकदमै कम। निस्किएकाहरुले मुखमा मास्क लगाएका छन्।

सधैँ गुलजार देखिने पाटन पनि यतिबेला ‘लक डाउन’ छ।

 

चैत्र १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्