विप्लवका दुई नेतालाई छाड्न सर्वोच्चको आदेश

काठमाडौँ-  सर्वोच्च अदालतले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई नेतालाई छाड्न आदेश दिएको छ।

न्यायाधीश टंकबहादुर मोक्तान र प्रकाश कुमार ढुंगानाको इजलासले बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै विप्लवका नेता धिरिन्द्र कुमारी उपाध्याय र नविन विश्वकर्मालाई थुनामुक्त गर्न आदेश दिएको हो।

चैत ९ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको थयो। बम विष्फोट, कर्तव्य ज्यान र    राज्यविरूद्धको अपराधमा जिल्ला अदालतले दुवै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो।

 

चैत्र १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू