एयर अरेबियाबाट शारजहाँ हुँदै काठमाडौँ आएका थिए संक्रमित युवक

काठमाडौँ- कोरोना भाइरस संक्रमण पुष्टि भएका धादिङका युवक दुबईबाट शारजहाँ हुँदै काठमाडौँ आएको खुलेको छ। यद्यपि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले लाइभ प्रेस ब्रिफिङमा संक्रमित युवक कतारबाट आएको भनी जानकारी गराएका थिए। मन्त्रीले दिएको जानकारी गलत भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

उनी शारजहाँबाट एयर अरेबियाको जहाज चढेर काठमाडौँ आएका थिए। ३२ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती युवा एयर अरेबियाको जहाजबाट काठमाडौँ आएको जानकारी गराएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ती युवक एयर अरेबियाको फ्लाइट नम्बर जी ९ ५३७ नम्बरबाट युएईको शारजहाँ विमानस्थलबाट चैत ६ गते बेलुका काठमाडौँ  आएका हुन्। जहाज बेलुका १० बजेर ९ मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो।

उनी ६ गते राति राजधानीको एक होटलमा बसेका थिए भने १० गते अस्वस्थ महसुस भएपछि परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए। मंगलबार राति उनलाई संक्रमण भएको टेकु अस्पतालले पुष्टि गरेको थियो।

चैत्र १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू