पाकिस्तानमा कोरोना संक्रमितको संख्या एक हजार पुग्यो, ८ जनाको मृत्यु

एजेन्सी– विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पाकिस्तानमा ८ जनाको मृत्यु भएको छ।

पाकिस्तानमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या एक हजार पुगेको छ। बुधबार मात्रै पाकिस्तानमा २८ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने एक जनाको मृत्यु भएको छ।

र्साक राष्ट्रहरु मध्ये पाकिस्तान कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो। सार्कमा पाकिस्तानपछि भारतमा कोरोनाको संक्रमण बढी देखिएको छ।

भारतमा हालसम्म ५ सय ५२ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ भने १० जनाले ज्यान गुमाएका छन्।

यस्तै बंगलादेश र अफगानिस्तानमा पनि कारोनाबाट पाँच–पाँच जनाको मृत्यु भएको छ।

सार्क राष्ट्रहरु श्रीलंकामा १ सय २, अफगानिस्तानमा ७९, बंगलादेशमा ३९, माल्दिभ्समा १३, नेपालमा ३ र भुटानमा २ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ।

चैत्र १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्