‘औषधी किन्न आउँदा बाइकको चाबी खोसियो अनि इन्स्पेक्टरले पिटे’

इन्स्पेक्टरले लाठी हानेको ठाउँ देखाउँदै वली।

दाङ-  दाङकाे शान्तिनगर गाउँपालिकाका प्रेम वलीले चिनीरोग तथा उच्च रक्तचापको औषधि लिएर बुधबार बिहान तुलसीपुर बजारबाट फर्कँदा प्रहरी निर‍ीक्षकबाट पिटाइ खाएको गुनासो गरेका छन्।

औषधि किनेकाे बिल देखाउँदा पनि माेटरसाइकलकाे चाबी खाेसेकाे र त्यसपछि प्रहरी निरीक्षक झलक झर्माले पिटेको दाबी वलीको छ।

प्रहरीको पिटाइले आफू झनै बिरामी भएको उनले बताएका छन्।  ‘चाबी लिन इप्रका तुलसीपुर जाँदा इन्सपेक्टर झलक शर्माले लाठी हानेर घाइते बनाए। अहिले ज्वराे आएको छ’, वलीले भने।

‘खाना नखाएर चक्कर आउनेजस्तो भैसकेको थियो, पानी पनि पाइएको थिएन, औषधि लिएर आएको भनेर अनुरोध गर्दागर्दै एक्कासी इन्स्पेकटर आएर लाठी बर्साए, अहिले म हिँडन नसक्ने अबस्थामा छु,’ प्रेम वलीले भने।

चैत १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्