कोरोना जनसुरक्षा कोषमा प्रदेश एकका कांग्रेस सांसदले १५ दिनकाे तलब दिने

मोरङ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाली कांग्रेस प्रदेश एककाे संसदीय दलले सहयोग रकम उपलब्ध गराउने भएको छ।

कांग्रेस प्रदेश एकका प्रमुख सचेतक केदार कार्कीका अनुसार प्रदेश एक सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा दलले १५ दिनको पारिश्रमिक रकम सहयोग गर्ने भएको हो। कुल ९३ जनाको प्रदेश एक सभामा नेपाली कांग्रेसबाट २१ जना रहेका छन्।

कार्कीले भने हाल विश्वसहित नेपाल पनि भाइरसको महामारीबाट जोगिनुपर्ने अवस्था रहेको बताए। मुलुक पुरै लकडाउन भएको अवस्थामा भोलिका दिनमा स्वास्थ्य तथा खाद्य सामाग्रीको अभाव हुनसक्ने बताएका नेता कार्कीले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सुरक्षा प्रदान गर्नका लागि पार्टीका सांसदहरु एक भएको बताए।

लकडाउनलाई सफल बनाउन माग गर्दै उनले प्रदेश एकका जनतालाई केही समय घर भित्रै रहन नेता कार्कीले आग्रह गरेका छन्।

आफू र आफ्नो परिवारसंगै सबै समाजको सुरक्षाको जिम्मेवारी प्रत्येक नागरिकको रहेको उनले बताए। दलका सांसदहरुले एकमुष्ट रुपमा रकम जम्मा गर्नका लागि प्रदेश सभा सचिवालयलाई जानकारी गराएका छन्।

चैत्र १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्