बार्यन म्युनिख र बोरुसिया डर्टमुण्डका खेलाडी तथा निर्देशक पारिश्रमिक कटौतिका लागि तयार

जर्मन बुण्डेस लिगा फुटबल क्लब बार्यन म्युनिख र बोरुसिया डर्टमुण्डका खेलाडी तथा निर्देशकहरु पारिश्रमिकमा अस्थायी कटौतिका लागि तयार भएका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण खेलहरु स्थगित भएका छन् । सोही कारण खेलाडी तथा निर्देशकहरु अस्थायी रुपमा पारिश्रमिक कटौतिका लागि राजी भएको जनाइएको छ ।

कोरोना भाइरसले उत्पन्न गरेको संकटका बेला क्लबले अरु कर्मचारीलाई आर्थिक रुपमा सहयोग गर्न सकोस् भनेर खेलाडी तथा निर्देशकहरु तत्कालका लागि पारिश्रमिक नलिन तयार भएका हुन् ।

कोरोना भाइरसको संक्रमणका कारण मार्च ८ यता बुण्डेसलिगा फुटबल हुन सकेको छैन।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्