विराटनगरमा डिस इन्फेक्सन औषधि छर्न सुरु

मोरङ-विराटनगर महानगरपालिकाले डिस इन्फेक्सन औषधि छर्न सुरु गरेको छ।

महानगरपालिकाले पहिलोचरणमा वडा नम्बर १९ मा अवस्थित स्वास्थ्य उपचार केन्द्र, कोशी अस्पताल र महानगर भवनमा स्पे्र गरेर अभियान सुरु गरेको मेयर भीम पराजुलीले जानकारी दिएका छन्।

कोरोना भाइरस कोविड १९ प्रति सतर्कता तथा अन्य रोग नियन्त्रणका लागि सोडियम हाइपो क्लोराइडसहितको स्प्रे गरिएको मेयर पराजुलीले बताए। यसका लागि महानगरकै निगरानीमा स्प्रे बनाएको र आवश्यक्ता अनुसार जनशक्तिसहित नगरको स्वास्थ्य सुरक्षामा खटिने मेयर पराजुलीले जानकारी दिए।

स्प्रे विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओ को मापदण्ड अनुसार बनाइएको महानगरले जनाएको छ। कम्तीमा १० देखि १२ घण्टासम्म स्प्रेले काम गर्ने बताएका महानगर जनस्वास्थ्यका प्रमुख रमेशकुमार कार्कीले भने स्प्रेले भाइरसको कार्यक्षमता रोक्ने र भाइरसलाई मार्नेछ।

स्प्रे अभियानमा कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्र, डा.लक्ष्मीनारायण यादव, महानगर स्वास्थ्य महाशाखाका कार्यक्रम संयोजक हैदर अली लगायतको उपस्थिती रहेको थियो ।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्