काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले केही क्षेत्रको मौसम आंशिक बदली भएको छ।

अहिले देशको पश्चिमी भू–भागमा आंशिक बदली रहेको मौसमविदले बताएका छन् । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो देशको पश्चिमी भू–भाग लगायत मध्य र पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफादेखि आंशिक बदली हुने मौसमविदले बताएका छन् ।

पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । पश्चिमका थोरै स्थान र पूर्वका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्