कालोबजारी गर्ने तीनजना पक्राउ

फाइल तस्बिर

जनकपुरधाम – ‘लकडाउन’ को मौकाछोपी कालोबाजारी गर्ने तीनजना जनकपुरबाट पक्राउ परेका छन् । मूल्य बढाएर आलु र प्याज बेच्ने तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का प्रदिप अग्रवाल, अंकित साह र विकासकुमार साह पक्राउ परेको धनुषा प्रहरीले जनाएको छ ।

बजार अनुगमनको क्रममा पसलमा छापा मार्दा उपभोक्तालाई बढी मूल्यमा आलु र प्याज बेचेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्