डिल्लीबजारस्थित पाँचतले घर क्वारेन्टाइनका लागि दिने घोषणा

काठमाडौँ – नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा कार्यक्रम संयोजक रहेका विश्वम्भर घिमिरेले काठमाडौँको डिल्लीबजारस्थित आफ्नो पाँच तले घर क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने घोषणा गरेका छन् ।

देश संकटमा परेको बेला नागरिकले सहयोग गर्नुपर्ने भन्दै उनले सामाजिक उत्तरदायीत्व बहन गर्दै अहिले होटेल तथा विभिन्न कार्यालय रहेको आफ्नो पाँचतले घरलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न दिने घोषणा गरेका हुन् ।

घिमिरेले कोरोना संक्रमितको उपचारका लागि खर्च गर्ने गरी सरकारले स्थापना गरेको कोषमा एक लाख रुपैयाँ प्रदान गर्ने घोषणासमेत गरेका छन् । सरकारले कोषको राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा रहेको खाता नम्बर १९६०००००११०१ मा रकम जम्मा गर्न आह्वान गरेको छ ।

उक्त कोषमा अनलाइन मार्फत विदेशबाट पनि रकम जम्मा गर्न सकिने व्यवस्था मिलाउन पनि घिमिरेले सरकारसँग आग्रह गरेका छन् ।आफ्ना विदेशमा रहेका केही साथीले सहयोग गर्न इच्छा व्यक्त गरेको भन्दै उनले अनलाइन डिपोजिट, ट्रान्सफर वा कनेक्ट आइपिएसको व्यवस्था गर्न सकिए थप प्रभावकारी हुने छन् ।

विश्व नै कोरोना भाइरसको महामारीसँग लडिरहेको अवस्थामा आफ्नो तर्फबाट पनि देशको लागि सानो सहयोग गरेको उनले बताए । नेपाल भ्रमण वर्षको सचिवालयमा कार्यक्रम संयोजकका रुपमा कार्यरतघिमिरे क्यानडाबाट पब्लिक पोलिसीमा मास्टर सकेर विगत ३ वर्ष देखि नेपालमा काम गरिरहेका छन् ।

चैत १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्