नेपालमा रहेका आफ्ना नागरिक फिर्ता लैजाने प्रयासमा अस्ट्रेलिया

काठमाडौँ – अस्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई फिर्ता लैजानका लागि प्रयास थालेको छ।

काठमाडौँस्थित अस्ट्रेलियन दूतावासले काठमाडौँबाट अस्ट्रेलियाका लागि उडानको व्यवस्था गर्न प्रयास गरिरहेको बताउँदै आफ्ना नागरिकलाई काठमाडौँ बाहिर भए छिटो भन्दा छिटो काठमाडौँ फर्किन आग्रह गरेको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप नेपालले हाल देश लकडाउन गरेको छ भने आन्तरिक तथा बाह्य उडान स्थगित गरेको छ ।

तर नेपालमा रहेका अस्ट्रेलियनलाई फिर्ता लैजानका लागि उडानको व्यवस्था गर्ने प्रयास भइरहेको दूतावासले जनाएको छ । लकडाउनका बेला काठमाडौँ फर्किनका लागि चाहिने स्वीकृतिका लागि दूतावासमा इमेल मार्फत सम्पर्क गर्न आग्रह पनि गरिएको छ ।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्