देशभरबाट पीपीइको माग भइरहेको छः विनोद चौधरी

फाइल तस्बिर

काठमाडौँ – नेपालका धनाड्य विनोद चौधरीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारमा चाहिने पीपीइको देशभरबाट माग भइरहेको बताएका छन् । उनले बिहीबार ट्वीट गर्दै पीपीइको देशभर माग भइररहेको बताएका हुन्।

उनले व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) को देशभरका सरकारी तथा निजी अस्पताल, गैरसरकारी संस्था, स्वास्थ्य चौकी, क्वारेन्टाइन, आइसोलेशन केन्द्र र ब्लड बैंकबाट आफूहरुलाई माग आइरहेको बताए।

उनले ट्वीटरमा लेखेका छन्, ‘ कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारमा चाहिने व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) का लागि हामीलाई देशभरका सरकारी तथा निजी अस्पताल, गैरसरकारी संस्था, स्वास्थ्य चौकी, क्वारेन्टाइन, आइसोलेशन केन्द्र र ब्लड बैंकबाट दिनरात फोन आइरहेका छन्।’

यस्तै उनले भारत आफै कोरोना भाइरससँग जुधिरहेको अवस्थामा त्यहाँ पीपीइ लगायतका सामाग्रीहरु निर्यातमा प्रतिबन्ध लगाए पनि आफूहरुले दूतावास र परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई आग्रह गरिरहेको बताए।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू