कोरोनाको प्रभावः भारतमा स्वास्थ्य क्षेत्रमा कार्यरत हरेक व्यक्तिको ५० लाखको बीमा

एजेन्सी– भारत सरकारले स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुका लागि ५० लाख भारतीय रुपैयाँ बराबरको स्वास्थ्य बीमा कार्यक्रम अघि सारेको छ।

कोरोना भाइरसबाट जोखिन भारत सरकारको आर्थिक ‘प्याकेज’ सार्वजनिक गर्दै वित्तमन्त्री निर्मला सीतारमणले स्वास्थ्य क्षेत्रमा कार्यरतहरु हरेक व्यक्तिको ५० लाख रुपैयाँको बीमा गरिएको घोषणा गरेकी हुन्। यो योजना तीन महिनासम्मका लागि मात्रै हुनेछ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप भारतमा दिन प्रतिदिन बढिरहेको छ।

बिहीबार दिउँसोसम्म भारतमा ६ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएकाे छ।

कोरोनाको जोखिम बढ्दै गएपछि भारतले २१ दिनका लागि ‘लक डाउन’को घोषणा गरेको छ।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्