कोरोनाको त्रास: पीपीईले सुसज्जित हुँदै पाटन अस्पतालमा किटनाशक छर्किइयो (तस्बिरसहित)

कोरोना भाइरसकाे जाेखिमबाट जाेगिन पीपीई लगाएर पाटन अस्पतालमा किटनाशक छर्किदै। तस्बिरहरु: सुलभ श्रेष्ठ/देश सञ्चार।

काठमाडौँ– कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढ्दै गएपछि ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा सुरक्षा सावधानी अपनाउन थालिएको छ।

कोरोना भाइरसबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बिहीबार पाटन अस्पतालमा किटनाशक छर्किइएको छ।

सरकारले कोरोनाको संक्रमण देखिएमा अथवा कसैलाई कोरोना संक्रमणको आशंका भएमा उपचारका लागि पाटन अस्पताल, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तोकेको छ।

यसैगरी काठमाडौँ महानगरपालिकाले पनि भिडभाड हुने ठाउँहरुमा किटनाशक छर्किदै आएको छ।

यतिवेला विश्वव्यापी महामारीको फैलिएको कोरोना भाइरसबाट नेपालमा पनि जोखिम बढ्दै गएपछि सरकारले मंगलबारदेखि देशभर लक डाउन गरेको छ।

नेपालमा हालसम्म तीन जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू