कोरोना संक्रमणबाट बच्न साँखुका ढोका बन्द गरियो

ऐतिहासिक साँखु शहर प्रवेश गर्ने दक्षिणतर्फको ढोका

काठमाडौँ – पुरातावित्वक शहर साँखुमा कोरोना भाइरसको संक्रमणबाट बच्न ढोका बन्द गरिएको छ। साँखुको पुरानो शहर छिर्ने ऐतिहासिक महत्वका पाँचवटा ढोकाबाट बाहिरी मान्छको प्रवेश नहोस भनेर बन्द गरिएको हो।

उत्तरपूर्वी ढोका।

साँखुका स्थानीय बासिन्दा एवं संस्कृतविद प्रकाशमान सक्वंका अनुसार शहरको दक्षिणतर्फ रहेको मालपोत कार्यालय अगाडिको ढोकाबाट अपरिचित र बाह्य व्यक्तिहरुको प्रवेश बढेपछि बिहीबार बिहानदेखि बन्द गरिएको जानकारी दिए।

दक्षिणतर्फको ढोकामा छेकबार लगाएसँगै स्थानीयले अरु ढोकामा समेत मानिस छिर्न नसक्ने बनाएका हुन्।

सरकारले मंगलबारदेखि लक डाउन घोषणा गरे पनि आवत जावतमा बिहीबारदेखि मात्र साँखु क्षेत्रमा कमी आएको उनले जानकारी दिए।

उपत्यका छिर्ने नाकाको रुपमा समेत रहेको साँखु तथा शंखरापुर नगरपालिकामा दुई पांग्रे सवारी साधनको आवागन नरोकिएपछि नगरपालिकाका वडा कार्यालयहरुले नै एम्बुलेन्स बाहेकका अरु सवारीलाई आफ्नो क्षेत्रभित्र प्रवेशमा रोक लगाएका छन्।

 

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्