फाेटाे फिचर

‘लक डाउन’को तेस्रो दिन: ‘घरमै बसौँ, स्वस्थ रहे फेरि घुमौँला’

'लक डाउन'काे बेला सडकमा खटिएका ट्राफिक प्रहरी। तस्बिर: बर्षा शाह/देश सञ्चार।

काठमाडौँ– बिहीबार ‘लक डाउन’को तेस्रो दिन। सधैँ भिडभाड र कोलाहलपूर्ण रहने राजधानीका सडकहरु यतिबेला शान्त छन्।

ठाउँठाउँमा सुरक्षाकर्मीहरु खटिएका छन्। चोक–चोकमा ट्राफिक प्रहरीहरु उभिएका छन्। उनीहरुलाई अरुबेलाको जस्तो सडकमा सवारीसाधनको चाप व्यवस्थापन गर्न दौडधुप छैन।

तर ‘लक डाउन’को अवज्ञा गर्दै सडकमा निस्किएकाहरुलाई उनीहरुले सम्झाईबुझाई गरेर पठाइरहेका छन्।

सरकारले गरेको ‘लक डाउन’काे निर्णय पालना गर्न केहीले अटेर गरेपछि बिहीबार सुरक्षकर्मीहरुले नयाँ उपाय अपनाएका छन्। उनीहरु  हातमा प्लेकार्ड बोकेर उभिएका छन्।

प्लेकार्डमा ‘घरमै बसौँ, स्वस्थ रहे फेरि भेटौँला’, ‘आफ्नो सुरक्षा, परिवार र देशको सुरक्षा’, ‘हामी तपाईँहरुकै लागि सडकमा उभिएका छौँ’ लगायतका नाराहरु लेखिएका छन्।

पहिलो र दोस्रो दिनको तुलनामा बिहीबार सडकमा मानिस र सवारीसाधनहरुको आवतजावत कम छ। अटेर गरेर चलाइएका सवारीसाधनहरु प्रहरीले नियन्त्रणमा लिएको छ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपालमा पनि सरकारले एक साता ‘लक डाउन’ गर्ने निर्णय गरेको छ।

हालसम्म नेपालमा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू