४७ फ्रेन्च यात्रु लिन पोखरा उड्यो बुद्ध, तारा एयर लुक्लातर्फ

फाइल तस्बिर ।

काठमाडौँ- पोखरामा रोकिएका आफ्ना ४७ यात्रु लिन फ्रेन्च दूतावासले चार्टर्ड गरेको बुद्ध एयरको जहाज बिहीबार त्यसतर्फ उडेको छ।

७२ सिटको एटिआर फ्रेन्च दूतावा‍सका केही अधिकारीसहित ४७ यात्रु लिन पोखरातर्फ उडेको हो।

त्यस्तै, तारा एयरको जहाज रोकिएका पर्यटक ल्याउन लुक्लातर्फ उडेको छ।

यसबाहेक काठमाडौँको त्रिभुवन विमानस्थलबाट बिहीबार अन्य कुनै उडान नभएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

चैत १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्