पोखरामा अलपत्र परेका ५८ विदेशीलाई बुद्ध एयरले काठमाडौँ ल्यायो

काठमाडौँ – पोखरामा अलपत्र परेका  ५८  विदेशी बुद्ध एयरले उद्धार गरि काठमाडौं ल्याएको छ। सरकारले एक साताका लागि आन्तरिक उडानमा प्रतिबन्द्ध लगाएपनि उद्धारका उडान भने सन्चालन भएका हुन्।

कोरोना नियन्त्रण तथा रोकथानका लागि सरकारद्धारा गठित उच्चस्तरीय समितिले बुधबार  देशका विभिन्न ठाउँमा अलपत्र परेको विदेशी नागरिकको उद्धार गरी उनीहरुकै देश फिर्ता गर्ने निर्णय गरेको थियो।

स्रोतका अनुसार बुद्ध एयरले उद्धार गरेका अधिकांश फ्रान्सेली नागरिक छन्। फ्रान्सले आफ्ना नागरिकलाई चार्टर्ड विमानमार्फत स्वदेश फर्काउने तयारी गरेको छ। बिहीबार नै तारा एयरले पनि लुक्लाबाट १५ विदेशीलाई उद्धार गरि काठमाडौँ ल्याएको छ।

घरेलु विमान कम्पनीले देशका विभिन्न स्थानमा छरिएर रहेका विदेशीलाई काठमाडौँ ल्याएपछि सम्बन्धित देशको पहलमा उनिहरु स्वदेश फर्कने छ। विभिन्न देशले आफ्ना नागरिकलाई स्वदेश लगिरहेका बेला नेपालले भने विदेशमा रहेका आफ्ना नागरिकलाई फर्कन प्रतिबन्ध लगाएको छ।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्