के के पढ्दै छन् माधव नेपाल?

काठमाडौँ – कारोना भाइरसको संक्रमणबाट बच्न सबै नागरिक यति बेला सेल्फ क्वारेन्टाइनमा छन्।

संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनगर गर्दै सरकारले मंगलबारदेखि एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ। अवस्था हेरि लकडाउनको अवधि बढ्न सक्ने उच्च स्तरीय समन्वयन समितिले जनाएको छ।

सर्वधारणका लागि सरकारले आवात जावत पूर्ण रुपमा बन्द गर्दै तीन दिनदेखि लकडाउन घोषणा गरे पनि दलका नेताहरु भने एक हप्ता अघिदेखि नै सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेर सेल्फ क्यारेन्टाइनमा बसिरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका वरिष्ठ नेताहरु माधवकुमार नेपाल झलनाथ खनाललगायतका नेताहरु आफ्नै निवासमा बसिरहेका छन्।

सामान्य अवस्थामा राजनीतिक दौडधुपले गर्दा आफ्नो र परिवारका लागि समय दिन नसक्ने नेताहरुका लागि यो एक अवसर पनि बनेको छ। नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यति बेला अधिकांश समय अध्ययनमा बिताइ रहेका छन्।

उनका स्वकीय सचिव नितेश पौडेलका अनुसार बिहान सबेरै उठ्ने नेपाल व्यायाम र नुहाइ धुवाइ सकेर पत्रपत्रिका पढ्छन्। अनलाइनमा आएका समाचारप्रति पनि उनको उत्तिकै चासो रहने गर्छ।

बिहानदेखि बलुका सुत्ने बेलासम्म अनलाइमा आएका समाचारलाई उनले निरन्तर फलो गरिरहेका छन्। समाचारका साथै नेता नेपालको ध्यान अहिले महत्वपूर्ण पुस्तकको अध्ययनमै बित्ने गरेको छ।

हिजोआज उनले नेपालको कम्युनिष्ट इतिहास, राष्टिय तथा अन्तराष्टिय व्यक्तिहरुको जीवनी, पार्टीसँग सम्बन्धित दस्तावेज तथा पुस्तकहरुको अध्ययन गरिरहेका छन्।

देश विदेश हिड्दा आफैंले किनेका र उपहार स्वरुप प्राप्त भएका पुस्तकहरु समेत नेता नेपालले अध्ययनको सूचीमा राखेका छन्।
बिहीबार नेता नेपालले कोरोनाको संक्रमणबाट बच्न आफू घरभित्रै बसिरहेको र अरुलाई पनि घरभित्रै बसेर कोरोनाविरुद्ध संर्घष गर्न आह्वान गरेका छन्।

उनले भनेका छन्, ‘कोरोना संक्रमणको सम्भावित जोखिमबाट जोगिन केही दिन घरभित्रै बस्न र नियन्त्रणका लागि नेपाल सरकार तथा विश्वस्वास्थ्य संगठनका निर्णय एवं निर्देशनहरुलाई पालना गर्न समेत आह्वान गर्दछु।’

उनले संभावित खोजिमको मूल्यांकन गर्दै उपचाकारको व्यवस्था गर्न, चिकित्सकको सुरक्षामा ध्यान दिन र विपन्न तथा दैनिक कमाएर खान पाउने परिवारलाई राहत दिन सरकारलाई सुझाव दिएका छन्।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्