नोबेल मेडिकल कलेजमा कोरोना उपचार केन्द्र बन्ने

मोरङ– विराटनगरमा रहेको नोबेल मेडिकल कलेजले कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित बिरामीको उपचारका लागि सहयोग गर्ने जनाएको छ।

अस्पतालका सञ्चालक डा. सुनिल शर्माका अनुसार संक्रमित बिरामीको उपचारका लागि अस्पतालमा विशेष कोरोना उपचार केन्द्र बनाउने निर्णय भएको हो।

पछिल्लो समयमा उब्जिएको परिस्थितिलाई मध्यनजर गर्दै अस्पतालले आउँदो तीन महिनासम्मका लागि केन्द्र स्थापना गरिने भएको हो।

यसक्रममा डा. शर्माले कोरोना रोकथाम संयोजन समितिका संयोजक डा.भगवान कोइरालालाई बिहीबार पत्र पठाएर कोरोना केन्द्र निर्माणका लागि खबर गरेको बताएका छन्।

नोबेलमा हाल ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शय्या प्रयोगमा रहेको छ।

चैत १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्