सर्वोच्चको आदेशपछि दुई बाल कैदीलाई अभिभावकको जिम्मा लगाइयो

काठमाडौँ – सर्वोच्च अदालतले बाल सुधार गृहमा रहेका दुई बालबालिकालाई अभिभावको जिम्मा लगाउन अनुमति दिएको छ।

कोरोनाका संक्रमणका कारण कैदी जीवन बिताइ रहेकाहरुलाई कैद छुट दिने सर्वोच्च अदालतको फुल कोर्टको निर्णयअनुसार दुईजनालाई बिहीबार छुट दिइएको हो।

देशमा कोरोना त्रास वढेको भन्दै सर्वोच्च अदालतको फुल कोेर्टको चैत ७ बसेको बैठकले सुधार गृहका रहेका कैदी छाड्न सकिने नीतिगत निर्णय गरेको थियो।

सर्वोच्च अदालले मुगुकी छिरिङ दोर्जे लामा र काभ्रेकी सन्तोषी चौलागाई सानोठिमीस्थित बाल सुधार गृहबाट मुक्त गरेर अभिभावको जिम्मा लगाउन अनुमति दिएको हो।

लामाले वालिकालाई हत्या अभियोगमा पुनरावेदन अदालतबाट १० वर्ष कैद फैसला भइ सुधार गृहमा रहेका थिए।

त्यस्तै चौलागाईलाई पनि उच्च अदालतले हत्या अभियोगमा ५ वर्ष कैद सजाय गरेर सुधार गृहमा पठाएको थियो। अदालतको निर्णयपछि निवेदन दिन आएका दुवैलाई खोजेका बेला उपस्थित हुने सर्तमा रिहाइ गरी अभिभावकको जिम्मा लगाउन न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको इजलासले आदेश दिएको हो।

आदेशपछि उनीहरुलाई अभिभावकको जिम्मा लगाइएको छ।

४ वर्षीय वालिका बलात्कार गरेको अभियोगमा सोही बाल सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरलाई भने अभिभावकको जिम्मा लगाउन माग गर्दै परेको निवेदनमा अदालतले अनुमति दिएन।

पीडित ४ वर्षीय बालिका र किशोर एउटै गाउँको भएकाले अभिभावको जिम्मा लगाउन उपयुक्त नहुने आदेश सर्वोच्चले गरेको छ।

चैत १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्