सोतरको भारी बोक्दा लडेकी किशोरी गम्भीर घाइते, उद्धार प्रयास हुँदै

सिमकोट- ताँजाकोट गाउँपालिका वडा नम्बर १ मा सोतर टिपेर जंगलबाट फर्कने क्रममा भारीले ढेस्दा भिरबाट लडेकी बालिका गम्भीर घाइते भएकी छन्।

बेहोस अबस्थामा पालिका केन्द्र छप्रेलामा रहेको स्वास्थ्य केन्द्रमा ल्याउँदा बेहोस अबस्थामा रहेकी १८ वर्षीया किशोरी माघी खड्काको स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि होस भने आएको भएपनि थप उपचार गर्न स्वास्थ्य कैन्रमा नसकिने भएको हुदा समस्या देखिएको हो।

गाउँ नजिकैको बनमा सोतर टिप्न बनमा गएको र सोतर टिपेर भारी बोकी घर आउने बेला भिरमा भारीले ढेस्दा पाँच सय मिटर तल खस्दा किशोरी घाइते भएको उनका दाइ धनजित खड्काले बताए।

खड्कालाई भिरबाट मानिसले बोकेर घरमा ल्याएको र त्यहाँबाट दुई घण्टा बाेकेर स्वास्थ्य चौकी छप्रेलामा पुर्‍याएको उनले बताए। घाइते बालिकालाई प्राथमिक उपचारपछि होस आए पनि स्वास्थ्य चौकीमा उपचार गर्न नसकिने भएको हुँदा जिल्लाबाहिर रिफर गरिएको स्वास्थ्य चौकीका एचए धनराज ढकालले बताए।

उनी बोल्न नसक्ने अवस्थामा छिन्। लकडाउनको कारण तत्काल जिल्ला बाहिर उपचार गर्न लैजान कठिन भएको आफन्तले बताएका छन्।

घाइते बालिकालाई उद्धारका लागि प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताइन्।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्