सरकारको कोरोना कोषमा लक्ष्मी ग्रुपको एक करोड

काठमाडौँ– सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि खडा गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’मा लक्ष्मी ग्रुपले १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

नेपालमा पनि कोरोना भाइरसको खतरा बढ्दै गएको अवस्थामा नेपाल सरकारद्वारा स्थापित उक्त कोषमा जम्मा भएको रकम कोरोना भाइरसको संक्रमण नियन्त्रण र प्रभावितहरुको उपचारका लागि उपयोग हुने लक्ष्मी ग्रुपले जनाएको छ।

ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पातलहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रिनीङको लागि ‘फिवर क्लिनिक’हरु स्थापना गर्न पहल सुरु गरेको जनाएकाे छ।

उक्त क्लिनिकको स्थापनाको लागि लक्ष्मी ग्रुपले आर्थिक सहयोग उपलब्ध गराउनुका साथै हेल्थ एट होम प्रा.लिले कार्यान्वयन साझेदारको रुपमा काम गर्ने जानकारी दिएको छ।

क्लिनिकमार्फत जो पछिल्ला १४ दिनमा विदेशमा रहेका, कोभिड–१९ संक्रमित मानिसको सम्पर्कमा आएको हुनसक्ने, जसमा सम्भावित लक्षणहरु जस्तै ज्वरो वा रुघाखोकी देखिएका सर्वसाधारणलाई सेवा दिने ग्रुपले जनाएको छ।

यस्तै क्लिनिकको मूल उद्देश्य कोरोना भाइरसका सम्भावित लक्षण देखिएका बिरामीहलाई अस्पतालको आपतकालीन विभाग वा संक्रमण नियन्त्रण केन्द्रमा सिधै नपठाई किलनिकमार्फत कोरोना भाइरस संक्रमणको सम्भावना भए नभएको प्रारिम्भक जाँच गर्ने ग्रपले जनाएको छ।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्