दाङमा ८ जना आइसोलेसनमा

दाङ– दाङका तीन वटा अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशंकामा आठ जनालाई आइसोलेसनमा राखिएको छ।

बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा दुई जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जना र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा एक जना गरी आठ जनालाई आइसोलेसनमा राखिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए।

आठ जना मध्य पाँच जनाको ‘थ्रोट स्वाव’ परीक्षणका लागि नमुना काठमाडौं पठाइएको छ। रिपोर्ट भने आउन बाँकी छ।

चैत्र १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्