आइसोलेशन तयार गर्न तीन अस्पताललाई अढाइ करोड

सुर्खेत-कर्णाली प्रदेशका तीन अस्पतालमा आइसोलेसन तयार गर्न अठाइ करोड रुपैयाँ दिइने भएको छ ।कर्णाली प्रदेश सरकारको बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि एक-एक करोड उपलब्ध गराउने र रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख उपलब्ध गराउने गरी भएको छ।

निण॔य भयको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन्।उनका अनुसार ती अस्पतालहरूको समन्वय तथा परिचालन गर्न मन्त्रीहरुकै नेतृत्वमा समन्वय तथा परिचालन समिति गठन समेत गरिएको छ।

यसैगरी कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेश विपत व्यवस्थापन कोषमा मुख्यमन्त्रीसहित सबै मन्त्रिहरुले आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय समेत गरिएको उनले बताइन्।

बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्रीहरू आपूर्ति लागि नेपाल सरकारसँग माग गर्ने र सरकारले तत्काल उपलब्ध गराउन नसक्ने भएमा प्रदेश सरकार आफैंले खरिद तथा आपूर्ति व्यवस्था मिलाउने निर्णय समेत गरेको प्रवक्ता केसीले बताइन्।

चैत १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्