स्वास्थ्यकर्मीलाई प्रधानमन्त्री ओलीका चार सन्देश

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमितको उपचार र रोकथामका लागि सरकारले आवश्यक स्वास्थ्य सामग्रीको जोहो गरिरहेकोले धैर्य गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड १९)का सम्बन्धमा स्वास्थ्यकर्मीहरुलाई चार सन्देश दिएका हुन् ।

प्रधानमन्त्रीले ओलीले कोभिड १९ मानवीय संकटको एकजुट भएर सामना गर्न आग्रह गरेका छन् ।

‘हाल मौज्दात सामग्रीको अधिकाअधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔँ, तपाईँहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौँ’, प्रधानमन्त्री ओलीको चारबुँदे सन्देशमा उल्लेख छ ।

चैत्र १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू