अमेरिकामा एकैदिन २ सय ६६ जनाको मृत्यु, १७ हजार नयाँ संक्रमित

कोरोना भाइरसको संक्रमणदर विश्वभर तीव्र रुपमा फैलिएको छ । विश्वका शक्ति राष्ट्रहरुलाई पनि हल्लाइरहेको यो भाइरसका कारण हालसम्म २७ हजार ८५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २ सय ६६ जनाको मृत्यु भएको छ । ८५ हजार २ सय ८० जनामा संक्रमण देखिएको अमेरिकामा अहिलेसम्म १२ सय ९३ जनाको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा मात्रै अमेरिकामा १७ हजार ६९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमितको संख्या धेरै हुनुको कारणलाई ‘टेस्टिङको नतिजा’ बताएका छन् ।

उनले एक पत्रकार सम्मेलनमा भने, ‘हामीले अत्यधिक मात्रामा परीक्षण गरेका छौँ र अधिक संक्रमित भेटिनुको नतिजा यहि हो ।’

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २४ हजार ७० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर २ हजार ७ सय ८८ जनाले कोरोनो भाइरसका कारण ज्यान गुमाएका छन् ।

पाँच लाख ३१ हजार ६ सय ९८ जनालाई कोरोना भाइरसको संक्रमण भएकोले एक लाख २३ हजार ९ सय २८ जना उपचारपछि निको भएका छन् । अहिले तीन लाख ८३ हजार सात सय जनाको उपचार भइरहेकोमा त्यमध्येका १९ हजार ३ सय ५७ जनाको अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ६० हजार ६ सय ६३ जना नयाँ संक्रमित फेला परेका छन् ।

 

चैत्र १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्