कान्तिपुर मिडिया ग्रुपका सबै प्रकाशनहरु अनिश्चितकालका लागि बन्द

काठमाडौँ – कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर दैनिक लगायत आफ्ना सबै प्रकाशनहरु अनिश्चितकालका लागि बन्द गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीलाई मध्यनजर गर्दै सबै प्रकाशनहरु बन्द गर्ने निर्णय गरिएको कान्तिपुर प्रकाशनले जनाएको छ ।

‘आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वान– यी तीनवटै कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौं । जसअनुरूप कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन् । त्यसपश्चात् हामी दैनिक रूपमा परिस्थितिको आकलन गर्नेछौं र हालको स्थितिमा अलिकति सुधार आउनासाथ हाम्रा पत्रिकाहरू पूर्ववत् प्रकाशित गरिनेछन्’, कान्तिपुर डिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले विशेष प्रकाशकीय मार्फत जानकारी दिएका छन् ।

चैत्र १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्