३ सय ४ यात्रुसहित उड्यो कतार एयरको विशेष विमान

काठमाडौँ– तीन सय चार जना विदेशी यात्रु लिएर कतार एयरलाइन्सको चार्टर्ड विमान त्रिभुवन विमानस्थलबाट फ्र्याँकफर्टका लागि उडेको छ। दोहामा ट्रान्जिट अनुमतिप्राप्त उक्त विमानलाई जर्मन सरकारको अनुरोधमा नेपाल सरकारले उडान अनुमति दिएको हो।

एयरबस ३३०–३०० विमानले ३ सय ४ जना यात्रु लिएर फ्र्याँकफर्ट उडेको स्रोतले जानकारी दिएको छ। चैत ९ गतेदेखि कोरोना भाइरसको संक्रमणको सम्भावना रोक्न सरकारले सबै अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि नेपालमा रोकिएका आफ्ना नागरिकहरुलाई ओसार्न जर्मन सरकारलको अनुरोधमा विशेष उडानको अनुमति दिइएको सरकारी स्रोतले देशसञ्चारलाई बतायो।

भोलि शनिबार पनि कतार एयरको एउटा उडानलाई दोहा हुँदै फ्र्याँकफर्ट उड्ने अनुमति दिइएको छ। यी दुवै जहाजहरुलाई काठमाडौँ आउँदा कुनै यात्रु नल्याउन भनिएको स्रोतले जानकारी दियो।

चैत १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्