लकडाउनमा के-के गर्ने सोच्दै छिन् स्वस्तिमा खड्का?

काठमाडौँ– विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको त्रासले नेपाल लकडाउन भएको चौथो दिन हो। भाइरस संक्रमणको त्रासले मानिसहरु घरबाहिर निस्किएका छैनन्।

सरकारले घरभित्र बस्न अनिवार्य गरेपछि सबै मानिस घरभित्र नै छन्। नायिका स्वस्तिमा खड्का पनि अहिले घरभित्र नै बसिरहेकी छन्।

देशसञ्चारसँगको कुराकानीमा स्वस्तिमाले आफ्नो लकडाउको समय यसरी बितिरहेको बताइन्।

‘म घरमा नै बसिरहेको छु। अरुबेलामा भेट नै नहुने भन्ने त हैन। तर, लकडाउनको दोस्रो दिन मैले चलचित्र हेरेर बिताएँ। एक दुई दिन रेष्ट गरेको जस्तो भएको छ। त्यो भन्दा बाहेक म योगा सुरु गरिरहेको छु। यो भन्दा बाहेक अरु समयलाई कसरी उपयोगी बनाउने भन्ने बारेमा सोचिरहेको छु।’

उनी आफ्नो श्रीमानसँग रमाइलो गरेको भिडियोहरु सामाजिक सञ्जालमा देख्न सकिन्छ। तर उनी घर बाहिर निस्किएकी छैन। सरकारले लकडाउन गर्ने निर्णय गरेको बोरमा उनी भन्छिन्, ‘सरकाले गरेको लक डाउनको निर्णय एकदमै राम्रो छ। सरकारलाई सहयोग गरौँ । सरकारले भन्नु भन्दा पनि आफैँले जान्नु पर्छ। हामी घरमा नै बस्नुपर्छ। हामीलाई केही नभएपनि हामी रोगको क्यारियर हुन सक्छौँ।’

उनी अहिले आपतविपत्को समयमा सबैले बिचार गर्नुपर्ने बताउछिन्। उनले अहिले सरकारले सक्ने प्रयास गरेको पनि बताएकी छन्। उनले अगाडि भनिन्, ‘अहिले पहिलाको जस्तो लोडसेडिङ छैन, समाजिक सञ्जाल छन्। हामी घरमा नै बस्यौँ भने कोरोना संक्रमितको ग्राफलाई घटाउन सक्छौँ जस्तो लाग्छ ।’

‘होस्टल रिर्टन्स’ चलचित्रबाट डेब्यू गरेकी स्वस्तिमाको पछिल्लो चलचित्र ‘बुलबुल’ राष्ट्रिय अन्तराष्ट्रिय रुपमा सम्मानित भएको छ। उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘घामड शेरे’ हो। यसमा उनी श्रीमान निश्चल बस्नेतसँग देखिएकी थिइन्।

चैत्र १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्