राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसाेलेसनमा रहेका २ जनाको रिपाेर्ट नेगेटिभ

फाइल तस्बिर

दाङ– कोरोना भाइरसको संक्रमण भएको आशंकामा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका पाँच जनामध्ये दुई जनाको रिपोर्ट नेगेटिभ भएको आएको छ।

प्रतिष्ठानले पाँच जनाको थ्रोट स्वाव संकलन गरेर राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला टेकु पठाएकोमा दुई जनाको रिपोर्ट नेगेटिभ आएको हो। तीन जनाको भने रिपोर्ट आउन बाँकी रहेको प्रतिष्ठानका कायम मुकायम रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिए।

रिपोर्ट नेगेटिभ आएपछि १४ दिनसम्म घरमा सेल्फ क्वारेन्टाइनमा बस्न भन्दै उनीहरुलाई प्रतिष्ठानले डिस्चार्ज गरेको छ।

दाङमा प्रतिष्ठानमा पाँच जना, बेल्झुण्डी कोरोना विशेष अस्पतालमा दुई जना र राप्ती प्रादेशिक अस्पतालमा एक जना गरी आठ जनालाई आइसोलेसनमा राखिएको थियो।

चैत्र १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्