स्मार्ट टेलिकमको लकडाउन अफर

काठमाडौँ – स्मार्ट टेलिकमले  लकडाउनकेन्द्रीत अफरहरु ल्याएको छ।  लकडाउनपछि घरभित्र सिमित आफ्ना ग्राहकका लागि ती अफरहरु ल्याइएको स्मार्ट टेलिकमले जनाएको छ।

स्मार्ट टेलिकमले   २० जी.बी. को डाटा प्याक मात्र रु. ३९९ (कर बाहेक) मा प्राप्त गर्न सकिने, १ सय  रुपैयाँ  वा त्यसभन्दा बढीको  रिचार्जमा विभिन्न टकटाइम, एसएमएस तथा डाटा बोनस स्वरुप प्राप्त गर्न सकिने जनाइएको छ ।

टेलिकमका अनुसार  ब्यालेन्स  १ रुपैयाँभन्दा कम भएमा अब ग्राहकहरुले ८१२९८४०३ डायल गरी  ४० रुपैयाँको स्मार्ट लोन समेत लिन सक्नेछन् । प्रयोगकर्ताहरुलाई अत्यावश्यक काम बाहेकका लागि घरबाट बाहिर ननिस्कन प्रेरित गर्न स्मार्टले घरैबाट मोबाइल टपअप पनि गर्ने सुविधा पनि उपलब्ध गराएको छ ।

यो सुविधा सम्भव बनाउन स्मार्टले इसेवा, खल्ती, पे प्वाइन्ट तथा इनेट पे जस्ता अनलाइन पेमेन्ट एपहरुसँग समन्वय गर्दै आएको छ भने ग्राहकरुले उक्त एपहरु मार्फत घरैबाट रिचार्ज गर्न सकिने छ ।

चैत्र १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू