राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजनाको रिपोर्ट नेगेटिभ, तीनजनाको परीक्षणको क्रममा

दाङ–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरेर कोरोना संक्रमणको आशंकामा उपचारार्थ रहेका पाँच जना मध्य दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ।

तीन जनाको स्वाव परिक्षणको क्रममा रहेको छ । पाँच जना विरामीको स्वाव संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो।

नेगेटीभ रिपोर्ट आएका बिरामीलाई टिस्र्चा गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिस्टार कैलाशप्रसाद देवले जानकारी दिएका छन्।
१४ दिन सम्म घरमा सेल्फ क्वारेन्टाइनमा बस्न सल्लाह दिदै प्रतिष्ठानले डिस्चार्ज गरेको विज्ञप्ती मार्फत जानकारी गराएको छ।

जिल्लामा प्रतिष्ठानमा पाँच जना, बेल्झुण्डी कोरोना बिशेष अस्पतालमा दुई जना र राप्ती प्रादेशिक अस्पतालमा एक जना गरी आठ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो।

चैत १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्