‘कठिन निर्णय लिनु पर्ने बेला आउँदैछ’

इंग्लिस फुटबलको इतिहासमा कोरोना भाइरसका कारण परेको आर्थिक प्रभावकालाई लिएर कठिन निर्णय लिनु पर्ने अवस्था आएको प्रिमियर लिग, इएफएल र प्रोफेसनल फुटबलर्स् एसोसिएनसले बताएका छन् ।

सबै खेलहरु कोरोना भाइरसको महामारीका लागि कम्तिमा अप्रिल ३० सम्मका लागि स्थगित गरिएका छन् । खेलहरु कोरोना भाइरसको संक्रमण फैलिँदैन भन्ने ढुक्क भएपछि मात्रै सुरु हुने छन्।

प्रिमियर लिग, इएफए र पिएफएले संयुक्त वक्तव्य जारी गरेर कठिन निर्णय लिनु पर्ने अवस्था आउन थालेको बताएका हुन् । वक्तव्यमा कोरोना भाइरसका कारण प्रभावित भएकाहरुप्रति सहानुभूति व्यक्त गरिएको छ ।

वक्तव्यमा उल्लेख छ, ‘संयुक्त समाधानका लागि हामीहरु संयुक्त रुपमा काम गर्न सहमत भएका छौँ।’

आउँदो हप्ता अर्को बैठक बस्ने जनाइएको छ ।

कोरोना भाइरसका कारण उत्पन्न भएको खराब अवस्थाले लिग, क्लब, खेलाडी, खेल पदाधिकारी तथा कर्मचारी र समर्थकमा परेको प्रभावको समाधानको योजनाबारे छलफल हुनेछ । बैठकपछि खेलाडीहरुको पारिश्रमिक कटौति सम्बन्धमा निर्णय हुन सक्ने छ ।

चैत्र १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्