युरोपको वायु प्रदूषण कम, थप स्वच्छ बन्दै वातावरण

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण युरोपका विभिन्न देशहरु लकडाउन भएका छन् । लकडाउनका कारण अर्थतन्त्रमा नकारात्मक असर परेको भए पनि वातावरणमा भने राम्रो प्रभाव देखिएको छ ।

कोरोना भाइरसको संकटका कारण विश्वका विभिन्न क्षेत्रमा मानवीय तथा औद्योगिक गतिविधि ठप्प हुँदा वातावरणमा सकारात्मक प्रभाव परेको हो । पछिल्लो तथ्यांकले युरोपमा वायुको गुणस्तरमा सुधार भएको देखिएको छ ।

इन्धनको प्रयोगबाट हुने नाइट्रोजन डाइअक्साइडको उत्सर्जन कम भएको देखिएको छ । लकडाउन तथा औद्योगिक गतिविधि ठप्प हुँदा वायु प्रदूषण तीव्र गतिमा घटेको देखिएको रोयल नेदरल्याण्डस मेटेरोलोजिकल इन्स्टिच्युड (केएनएमआई) ले जनाएको छ ।

मार्चको १४ देखि २५ सम्मको तथ्यांक हेर्दा युरोपभर वायु प्रदूषण तीव्र रुपमा कम भएको केएनएमआईले जनाएको छ।

सन् २०१९ को पूरै मार्चको तुलनामा यो वर्षको मार्चको १२ दिनमा वायु प्रदूषण अति कम देखिएको हो।

फ्रान्स, स्पेन, पोर्चुगल, नेदरल्याण्डस र बेलायतसहितका देशको वायुको अवस्था विश्लेषण गरिएको हो।

चैत १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्