अलपत्र यात्रुसहित काठमाडौँबाट कतारका दुई उडान, एउटा जर्मनी, एउटा फ्रान्सतर्फ

फाइल तस्बिर।

काठमाडौँ- कोरोना भाइरसको संक्रमण र नेपालमा जारी लकडाउनका कारण अलपत्र परेका ३ सय ४ जना जर्मन यात्रु लिएर कतार एयरवेजको चार्टर्ड  विमान शनिबार बिहान  काठमाडौबाट उडेको छ।

यो विमान कतारको दोहा हुँदै जर्मनीको फ्रान्कफर्टमा अवतरण हुँदै छ। शनिबार नै सवा १२ बजे कतार एयरवेजको अर्को चार्टर्ड विमान ३ सय ४ जना फ्रान्सेली यात्रु लिएर काठमाडौंबाट उड्दै छ।

यो विमान कतारको दोहा हुँदै फ्रान्सको पेरिसमा अवतरण हुने छ। यसअघि कतार एयरवेजले विभिन्न युरोपेली देशका ३ सय ४ जना यात्रु लिएर शुक्रबार काठमाडौँबाट चार्टर्ड फ्लाइट गरेको थियो।

नेपालमा अलपत्र परेका आफ्ना नागरिकले विभिन्न देशले चार्टर्ड विमानमार्फत स्वदेश फिर्ता गरिरहेका छ्न्। त्यसअघि नेपालका विभिन्न ठाउँमा अलपत्र परेका उनिहरुलाई काठमाडौँमा जम्मा गर्ने गरिएको छ।

चैत्र १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू