घरभित्रै बसाैँ है, भन्दै यसरी एक्सरसाइज गर्दैछन् खेलाडी र प्रशिक्षक

जहाँ इच्छा त्यहाँ उपाय।

कराँते प्रशिक्षक तारा गुरुङले दुई दिनअघि घरभित्र एक्सरसाइज गरिरहेको तीन मिनेटको भिडियो फेसबुकमा पोस्ट गर्दै त्यसको क्याप्सनमा अगाडि लेखेकी छिन्- लकडाउनका नियमहरु पालना गरौँ। घरमा सबै जना सुरक्षित रहनुस्।

जहा ईच्क्षा तेहा ऊपायfollow the rules of lockdown…… stay safe @ home for you and others

Posted by Tara Gurung on Thursday, 26 March 2020

सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि मंगलबारदेखि लागु गरेको लकडाउनमा मानिसहरुलाई घरबाट निस्कन दिइएको छैन। भिडभाडबाट कोरोना थप फैलन सक्ने भन्दै सरकारले बाहिरि आवतजावतमाथी रोक लगाएको हो। त्यसको केही दिनअघि नै २५ जनाभन्दा बढीको समूह बनाउन रोक लगाइएको थियो। जिमखाना, क्लबहरु बन्द गर्ने निर्णय भएको थियो।

एक साताका लागि लागु गरिएको लकडाउनमा घरभित्र बसिरहनु पर्दाका आफ्ना तितामिठा अनुभवहरु सामाजिक सन्जालमा धेरैले सेयर गरेको देखिन्छ। खेल क्षेत्रका चर्चित अनुहारहरु घरमै बसिरहन आग्रह गर्दै आफुले घरमा नियमित एक्सरसाइज गरिरहेको भिडियोहरु सामाजिक सन्जालमा पोस्ट गर्दैछन्।

शनिबार राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विकेश कुथुले घरको छतमा एक्सरसाइज गरिरहेको भिडियो सामाजिक सन्जालमा राख्दै क्याप्सन लेखेका छन्- ठुला कुरा कहिल्यैपनि सजिलो ठाउँबाट आउँदैन।

Posted by Bikesh Kuthu on Friday, 27 March 2020

चर्चित धाविक कान्छिमाया कोजुले पनि घरभित्र एक्सरसाइज गरेपछि लिइएको भिडियो पोस्ट गरेकी छिन् समाजिक सन्जालमा। उनले फेसबुकमा भिडियो पोष्ट गर्दै क्याप्सन लेखेकी छिन्- एक्सरसाइज गरेपछि। सक्रिय हुनुस्। स्वस्थ हुनुस्। घरमै रहनुस्। सुरक्षित रहनुस्।

“After Workout” Be Active be Healthy Stay Home Stay Safe ❤️🏃🏼‍♀️🏃🏼‍♀️❤️

Posted by Km Koju on Friday, 27 March 2020

तेक्वान्दो प्रशिक्षक कृष्णसिंह लोथ्यालले पनि घरभित्र रहेर एक्सरसाइज गरिरहेको भिडियो पोस्ट गर्दै क्याप्सन दिएका छन्- लकडाउनको सदुपयोग घरमै बसेर ।

लकडाउनको सदुपयोग घरमै बसेर ।

Posted by Krishna S Lothyal Chhetri on Thursday, 26 March 2020

 

 

चैत्र १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्