सनराइज बैंकले दियो टेकु अस्पताललाई पिपिई

फाइल तस्बिर

काठमाडौँ – सनराइज बैंकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री पिपिई हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले शनिबार टेकुस्थित अस्पताल पुगि पिपिई हस्तान्तरण गर्नुभएको हो । बैंकले पुनः प्रयोग गर्न सकिने र एक पटक मात्र प्रयोग गर्न सकिने गरि दुई प्रकारका पिपिइ हस्तान्तरण गरेको छ ।

बैंकले अस्पताललाई उपलब्ध गराएका पिपिईमा ५ थान पुन प्रयोग गर्न सकिने र २० थान एकपटक मात्रै प्रयोग गर्न मिल्ने प्रकारका छन् । कोरोना भाइरसका शंकास्पद विरामीको परीक्षणका लागि चिकित्सकले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ पर्याप्त नभएका कारण उपचार तथा परीक्षण नै प्रभावित भईरहका बेला बैंकले पिपिई उपलब्ध गराएको हो ।

बैंकले काठमाडौँ बाहेक ६ वटा प्रादेशिक अस्पतालमा पनि २५ थानका दरले पिपिई उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत शर्माले जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शुशील शर्माले व्यक्तिगत सुरक्षा सामग्री पिपिईको सहयोगले कोरोना संक्रमितको उपचारमा ठूलो सहयोग मिलेको बताए ।

बैकले वीर अस्पताललाई पनि २५ थान पिपिई उपलब्ध गराएको छ । शनिबार बिहान प्रमुख कार्यकारी अधिकृत पौडेल वीर अस्पताल पुगी अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीलाई पिपिई हस्तान्तरण गर्नुभएको हो । अस्पताललाई उपलब्ध गराईएको पिपिईमा ५ थान पुन प्रयोग गर्न मिल्ने र २० थान पुन प्रयोग गर्न नमिल्ने छन् ।

चैत १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्