अनुष्काले काटिन् पति विराट कोहलीको कपाल

काठमाडौँ – भारतीय अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले क्वारेनटाइनको समयमा घरमा समय बिताउने उपाय बताएका छन्। यो जोडीको हालै एउटा भिडियो सार्वजनिक भएको छ।

भिडियोमा अनुष्काले श्रीमान् विराटको कपाल काटिदिँदै छिन्। यी दुई एक‍-अर्कासँग एकदमै रमाइरहेको देखिन्छ। विराटले पहिला आफ्नो कपाल र अनुष्काले काटिदिएपछिको कपालको तस्बिर सार्वजनिक गरेका छन्।

उनीहरुले घरमा यसरी बस्न सकिन्छ भनेर देखाएका छन्।

भारतमा पहिलो कोरोना संक्रमित व्यक्ति जनावरी २९ देखिएको थियो। अहिले यो संख्या बढेर १ हजार पुग्न लागिसकेको छ। भारतमा अहिलेसम्म २० जनाको ज्यान गईसकेको छ। भारत अहिले लकडाउन छ।

चैत १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्