कोरोना भाइरसको संक्रमण पुष्टि भएका यात्रुयुक्त क्रुज सिपका स्वस्थ यात्रुलाई उद्धार गर्ने प्रयास हुँदै

पानामाबाट छुटेको क्रुज सिपमा रहेका १८ सय भन्दा बढी यात्रुलाई सुरक्षित रुपमा अर्को पानी जाहानमा स्थानान्तरण गर्ने प्रयास सुरु भएको छ।

हल्याण्ड अमेरिकाको जान्डाम क्रुज सिपमा रहेका यात्रु मध्ये चारजनाको मृत्यु भएको छ भने अरु दुईजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । १३० जना भन्दा बढीले फ्लू हुँदा देखिने क्षण देखिएको बताएका छन् ।

सो सिपमा रहेका स्वस्थ यात्रुहरुलाई अरु पानी जहाजमा स्थानान्तरण गरी उद्धार गर्ने प्रयास सुरु भएको हो । दुई हप्ताअघि चिलेमा सो क्रुज सिप रोकिएको थियो, त्यसयता कुनै पनि यात्रुलाई बाहिर निस्किएका छैनन् ।

हल्याण्ड अमेरिकाले स्वस्थ यात्रुलाई अरु पानी जहाजमा सार्ने तयारी भएको जनाएको छ । पानामा अधिकारीले कोरोना भाइरसको संक्रमण पुष्टि भएको कुनै पनि पानी जहाजलाई पानामा क्यानलबाट अघि पास हुन नदिने बताएका छन् ।

चैत १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्