भारतमा ‘लक डाउन’पछि घर फर्किरहेका ७ जना मजदूरको दुर्घटनामा मृत्यु

सांकेतिक तस्बिर

एजेन्सी– भारतमा कर्नाटकको पेड्डा गोलकुण्डामा ट्रक र भ्यान आपसमा ठोक्किँदा सात जना मजदूरको मृत्यु भएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार यो घटना शुक्रबार राति शहरभन्दा केही टाढा भएको थियो। उनीहरु लक डाउन भएपछि घर फर्किरहेका थिए। दुर्घटनामा ज्यान गुमाउनेमा दुई बच्चा पनि रहेका छन्।

स्थानीय प्रहरीका अनुसार भ्यानमा ३१ जना मजदूर सवार थिए। दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकी दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।

चार जनाको अहिले पनि उपचार भइरहेको र जसमध्ये एकजनाको अवस्था नाजुक रहेको बीबीसी हिन्दीले जनाएको छ।

उनीहरु एक सडक परियोजनामा काम गरिरहेका थिए। कोरोनाको जोखिम बढ्दै गएपछि भारत सरकारले २१ दिनको लागि लक डाउनको घोषणा गरेपछि उनीहरु आफ्नो घर कर्नाटकको रायचुर फर्किरहेको अवस्थामा दुर्घटनामा परेका हुन्।

चैत्र १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्