राैतहटमा १७ वर्षीया किशाेरी बलात्कृत, आरोपी फरार

वीरगञ्ज– रौतहटमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन्। रौतहट कटहरिया नगरपालिकाकी ती किशोरीलाई सोही स्थानका २८ वर्षीय भाग्यनारायण साहले बलात्कार गरेको प्रहरीले जनाएको छ।

घटना चैत ७ गतेको भएपनि चैत ११ गते मात्रै प्रहरीमा जाहेरी परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।

साहले आफ्नै घरमा बोलाई किशाेरीको बालात्कार गरेर भिडियो पनि बनाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले किशाेरीलाई भिडियो समाजिक सञ्जालमा हालिदिने धम्की दिँदै आएका थिए।

बालात्कारको आरोप लागेका साह हाल फरार रहेका छन्। साहमाथि जबरजस्ती करणी मुदा दर्ता गरी खोजी कार्य भइरहेको तथा उनले खिचेको भिडियोको बारेमा पनि अनुसनधान भइरहेको महतोले जानकारी दिए।

चैत्र १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू