मेडिको नेपालले एप र वेवसाइटबाट कोरोनाबारे जानकारी दिने

काठमाडौँ– मेडिको नेपालले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी जनतालाई वेवसाइट र एप्लिकेसनको माध्यमबाट सेवा प्रदान गर्न लागेको छ।

मेडिको नेपाले आफ्नो वेवसाइट (www.mediconepal.com) र मोबाइल एप्लिकेसनमा जनताहरुको कोरोना भाइरस सम्बन्धी जिज्ञासा तथा त्यसको स्वास्थ्यकर्मीद्वारा सुझाव, वेवसाइट र एप्लिकेसनमा राखिएको हटलाइन नम्बरहरुबाट प्राप्त गर्न सकिने मेडिकोले जानकारी दिएको छ।

उक्त वेब साइटबाट घरबाट नै स्वास्थ्यकर्मीहरुसँग सल्लाह सुझाव लिन सकिने व्यवस्था मिलाइएको मेडिकोले जनाएको छ।

यस्तै लक्षण, गर्न हुने, गर्न नहुने कामहरु, रोकथाम गर्ने तरिका, रोग फैलिन नदिने उपाय, खान हुने नहुने खानेकुराहरु जस्ता अन्य सूचनाहरु राखिएको र भारसका कारण संक्रमण हुने, मृत्यु हुने संसारभरको अपडेट राखिएको पनि जनाएको छ।

उक्त वेवसाइट र एप्लिकेसनको माध्यमबाट जनताहरुले आफ्नै घरमा बसिबसि आफ्नो स्वास्थ्य परीक्षण, स्वास्थ्य स्थिति मुल्याङ्कन आफै गर्न सकिनेछ साथै कुन ठाउँमा अस्पतालको क्षमता कति छ भनेर थाहा पाउन सकिने मेडिकोले जानकारी दिएकाके छ।

चैत्र १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू