‘मेरो किराना अनलाइन’बाट सामान किन्दा एनआईसी एशिया बैंकका ग्राहकले १० प्रतिशत रकम फिर्ता पाउने

काठमाडौँ– एनआईसी एशिया बैंकका ग्राहकहरुले ‘मेरो किराना अनलाइन’बाट सामान खरिद गर्दा १० प्रतिशत रकम फिर्ता पाउने भएका छन्।

बैंकले मेरो किराना अनलाइनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुनेगरी मेरो किरानासँग साझेदारी गरेको हो।

उक्त समझदारी अनुसार बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त सुविधा पाउने बैंकले जनाएको छ।

मेरो किरानाबाट सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रतिकारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाउन सक्ने बैंकले जनाएको छ।

उक्त योजना चैत मसान्तसम्म लागु हुने बैंकले जानकारी दिएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिदका लागि प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको बैंकले जानकारी दिएको छ।

बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएकाे छ।

चैत १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्