‘मन की बात’ रेडियो कार्यक्रममा आउँदै मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मासिक रेडियो कार्यक्रम अन्तर्गत आज (आइतबार) देशबासीसँग कुरा गर्ने भएका छन् । कोरोना भाइरसको महामारीकाबीच मोदीको रेडियो कार्यक्रमबारे सर्वत्र चासो रहेको छ ।

मोदीले आजको कार्यक्रममा कोरोना महामारीबारे कुराकानी गर्ने बताइएको छ । अल इण्डिया रेडियोले प्रधानमन्त्री मोदीको कार्यक्रम भारतीय समय अनुसार बिहान ११ बजे प्रसारण हुने जानकारी दिएको छ ।

एक ट्विट मार्फत मोदीले ‘मन की बात’ रेडियो कार्यक्रमका माध्यमबाट कोरोना संकटबारे कुराकानी गर्ने जानकारी दिएका छन् ।

चैत १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्