संकटग्रस्त इटालीमा मानवीयताकाे मल्हम

इटालीमा धमाधम काममा फर्कँदैछन् अवकाशप्राप्त चिकित्सकहरु

अवकाश प्राप्त चिकित्सक इटालीको उत्तरी क्षेत्रको ग्रामीण क्षेत्रस्थित घरमा थिए, उनले तरकारी बारीमा काम गर्दै गर्दा फोनको घण्टी बज्यो। उनका पूर्व हाकिमले फोन गरेका रहेछन्।

टेलिफोन संवाद छोटो थियो। त्यसपछि ६७ वर्षका डा. मारिओ कावाज्जा घर भित्र पसे कि उनको जीवन कसरी परिवर्तन भयो भन्ने परिवारलाई जानकारी गराउन।

उनले परिवारका सदस्यालाई भने, ‘मलाई फेरि काममा बोलाइयो।’

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण इटालीमा तीव्र गतिमा बिस्तार भइरको छ भने १० हजार भन्दा बढीको ज्यान गइसकेको छ। कोरोना भाइरस महामारी विरुद्ध देशको सम्पूर्ण स्वास्थ्य प्रणाली लागिपरेको छ। सोही क्रममा अवकाशप्राप्त डाक्टर तथा नर्सहरु पनि काममा फर्किरहेका छन्, किनकी क्रियाशील स्वास्थ्यकर्मीले मात्रै माग धान्न सकेको छैन।

कोरोना भाइरसको संक्रमण प्रयासमा होस्टेमा हैँसे गर्नका लागि अवकाश प्राप्त डाक्टर तथा नर्सहरु काममा फर्किएका हुन्। पाको उमेरका व्यक्तिमा बढी घातक देखिएको कोरोना भाइरस संक्रमण विरुद्धको अभियानमा फर्किएका अवकाश प्राप्त डाक्टर तथा नर्सहरु पनि पाको उमेरकै छन्। यसरी काममा पुनः फर्किनेहरु अधिकांश आफूले पहिले काम गरेकै अस्पताल तथा क्लिनिकमा गएका छन्।

उनीहरुले अहिले युद्धका बेला जस्तै गम्भीर अवस्थाको सामना गरिरहेका छन्। कोरोना भाइरस संक्रमित बिरामी, आइसोलेसनमा राखिएकाहरु तथा सास फेर्न कठिन भएकाहरुको सेवामा उनीहरुले आफूलाई समर्पित गरेका छन्।

संक्रमितको संख्या बढ्दै जाँदा बेलायतको लण्डनदेखि अमेरिकाको न्यूयोर्कमा पनि अवकाश प्राप्त डाक्टरहरुलाई काममा बोलाइएको छ। यस्तै स्वयमसेवकहरुको पनि खोजी भइरहेको छ।

बिचमै स्वास्थ्य सेवाबाट बिदा भएका तथा कम प्रभावित क्षेत्रमा रहेका स्वास्थ्यकर्मीहरुलाई पनि बोलाउन थालिएको छ बढी प्रभावित क्षेत्रमा।

अमेरिकाका केही मेडिकल कलेजहरुले कोरोना भाइरस विरुद्धको युद्धमा सामेल हुन चाहने विद्यार्थीहरुको ग्र्याजुएसन चाँडो गर्ने व्यवस्था पनि मिलाएका छन्। इटालीमा पनि चिकित्साशास्त्रका विद्यार्थीहरुलाई अन्तिम परीक्षा छोडेर कोरोना भाइरस विरुद्धको अभियानका लागि फिल्डमा खटिन सक्ने विकल्प खुल्ला गरिएको छ।

तर इटालीको अवस्था अरु पश्चिमा देशको भन्दा फरक छ। इटालीमा संक्रमण लम्बिँदै गएको छ भने मृत्यु हुनेको संख्या पनि १० हजार भन्दा बढी पुगेको छ। इटालीमा अहिलेसम्म ६ हजार तीन सय भन्दा बढी स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

अहिलेसम्म कम्तीमा ५१ जना इटालियन डाक्टरको कोरोना भाइरसका कारण निधन भइसकेको छ। यसरी मृत्यु हुनेमा तीनजना अवकाशपछि काममा फर्किएका डाक्टर हुन्। स्वास्थ्यकर्मीका लागि सुरक्षात्मक सामग्री (पिपिई) को अभाव हुँदै गएको छ।

कोरोना भाइरस विरुद्धको अभियानमा पुनः खटिँदा यही मार्चमा ज्यान गुमाएका ७३ वर्षे डाक्टर जिनो फासोलीका भाइ गार्बिएल फासोलीले भनेका छन्, ‘फेब्रुअरीको अन्त्यतिर मैले उहाँलाई ख्याल गर्नु है भनेको थिएँ, किनकी उहाँ बुढो हुनुहुन्थ्यो ।’

महामारी फैलिएपछि पनि डा. फासोली इटालीको ब्रेसिया राज्यको अस्पतालमा कार्यरत थिए। स्वास्थ्य अधिकारीले उपयुक्त पिपिई सामग्री नदिएका कारण आफ्ना दाइको निधन भएको गाब्रिएलले बताएका छन्। मार्च ९ मा डा. फासोलीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा उनी निकै कमजोर भएका थिए। त्यसको भोलिपल्ट उनको निधन भयो।

फेरि काममा फर्किरहेका अधिकांश डाक्टर तथा नर्सहरु ६० वा ७० वर्ष माथिको उमेरका छन्। केही स्वयमसेवी रुपमा काममा फर्किएका हुन्। अरु भने डा. मारिओ कावाज्जाजस्तै अस्पतालको आग्रहमा काममा फर्किएका हुन्।

डा. मारिओले अस्पतालको आकस्मिक सेवामा ३५ वर्ष बिताएर अवकाश पाएका थिए। तर उनी जीवनमा लिएको विश्राम कोरोना भाइरसविरुद्धको अभियानका लागि त्याग गर्न खुशी साथ राजी भए।

परिवारका सदस्यले उनलाई अवकाशको सरप्राइज पार्टी दिएका थिए। श्रीमतीले अवकाशपछिको जीवनलाई ‘स्लो लाइफ’ भन्ने गरेकी थिइन्। उनले बोलोग्ना शहरको नयाँ कुनाहरु ‘एक्स्प्लोर’ गरिरहेका थिए। केही समय गाउँमा रहेको घरमा पनि समय बिताउन पाएका थिए।

उनले भने, ‘डाक्टरी पेशा अन्त्य गर्न पाउँदा खुशी थिएँ। अरु भिन्न कुरा गर्ने मौका मिलेको थियो।’

तर उनी फेरि काममा फर्किन पर्दा पनि खुशी छन्। उनको गएको अक्टोबरमा मुटुको शल्यक्रिया भएको थियो। अहिले उनी आपतकालीन सेवा प्रदान गर्ने स्थानमा छैनन्।

उनले आफ्नो क्षेत्रका अस्पतालबीच कोरोना विरुद्धको अभियानमा समन्वय गर्ने काम गरिरहेका छन्। उनी आफैँ पनि आइसोलेसनमा बसेर काम गरेका छन्। उनी बोलोग्ना शहरमा छन्। श्रीमती र कान्छी छोरी गाउँको घरमा छन्।

कान्छी छोरी मार्ताले भनिन्, ‘हामीले बुवालाई फेरि कहिले देख्न पाउने छौँ भन्ने थाहा नै छैन। उहाँले हरेक रात कतै मसँगै भाइरस त ल्याइन भनेर सोच्नु हुन्छ।’

(यो सामग्री वासिङ्गटन पोस्टबाट साभार गरिएको हो।)

चैत १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्